काठमाडौं। २८५३ औं सोनाम ल्होछारको अवसरमाआयोजित मिस तामाङ–२०१७ को शीर्ष उपाधि पिंकी घिसिङले हात पारेकी छन् । तामाङ कला, संस्कृति, भेषभूषा र भाषा प्रवद्र्धनको उद्देश्यसहित आयोजित उक्त प्रतियोगिता उनले हात पारेकी हुन् । गत वर्षकी मिस तामाङ उर्मिला योञ्जनले पिंकीलाई ताज हस्तान्तरण गरकै थिइन् ।
प्रतियोगितामा प्रथम उपविजेता काठकाडौँकी नवाङ मोक्तान र द्वितीय उपविजेता धादिङकी रिता थिङ बन्नुभएको छ । एभरेष्ट फेशन होम र नेपाल तामाङ कला संस्कृति केन्द्रद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ३५ जना सहभागी थिए ।