गुशाउ प्रान्तमा पहिरो जाँदा १५ जनाको मृत्यु ,३० जना बेपत्ता

आजभोलि

गुशाउ प्रान्तमा पहिरो जाँदा १५ जनाको मृत्यु ,३० जना बेपत्ता

चीनको दक्षिण पश्चिमी प्रान्त गुशाउमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार बिहीबार बिहान पहिरोमा परी ज्यान गुमाएका १५ जनाको शव भेटिएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । ११ जनाको उद्धार गरिएको र अझै कम्तिमा ३० जना बेपत्ता रहेको जनाइएको छ ।

स्थानीय समय अनुसार मंगलबार राति पहिरो जाँदा शुइचेङ्ग काउन्टिका २१ घर पुरिएको थियो । पहिरो गएका बेला सो क्षेत्रमा ५० जना भन्दा बढीको बसोबास रहेको उद्धारकर्मीले बताएका छन् । उद्धारकार्य अझै पनि जारी रहेको जनाइएको छ ।

  • ९ श्रावण २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !