संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकादक्षिण कोरिया संयुक्त सैन्य अभ्यास अनावश्यक’ र पूर्णरुपमा पैसा खर्चमात्र’ हुने निष्कर्ष निकालेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले फ्रान्सको राजधानी पेरिसमा जारी जी ७ समिटका क्रममा यस्तो बताएको योनहाप न्यूज एजेन्सीले जनाएको छ । उनले संयुक्त सैन्य अभ्यास गर्नमा आफ्नो कुनै रोकतोक नभएको पनि बताए ।
उत्तर कोरियाले समेत अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास नगर्न चेतावनी दिँदै आएको छ । उत्तर कोरियाले यूएस दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको कार्यक्रम स्थगित नगरेसम्म कुनै पनि प्रकारको संवाद नगर्ने अडानसहित बारम्बर न्युक्लियर मिसाइल प्रक्षेपण गर्दै चेतावनी दिइरहेको छ ।
भियतनामको राजधानी हनोईमा आयोजित ट्रम्प किमबीचको दोस्रो वार्ता बिना निष्कर्ष टुंगिएपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेका थिए । उत्तर कोरियाले शनिबार पनि दुई मिसाइल परीक्षण गरेको थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणले कुनै समझदारीको उल्लंघन नगरेको दोर्होयाइरहेका छन् ।
उत्तरका पछिल्ला गतिविधिबाट आफू खुशी नभएपनि किमले कुनै पनि सम्झौताको उल्लंघन नगरेको ट्रम्पको भनाइ छ ।