चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल

आजभोलि

चन्द्रयान–२ को चन्द्रमामा अवतरण प्रयास असफल

भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ ।

शनिबार बिहान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्क विहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या आएको बताइएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि यान अवतरण गरेको छैन । भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले चन्द्रयान अवतरण हुनु केही समयअघि मात्र हराएको बताएको छ ।

सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो । योसँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इस्रोका वैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ ।

  • २१ भाद्र २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !