ट्विटरमा नाङ्गो तस्बिर रोक्ने प्रविधि परीक्षण गरिदैँ

आजभोलि

ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका लिङ्गको तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सियाटलमा विकास भइरहेको छ।

एक जना सफ्टवेयर विकासकर्ता केल्से ब्रेस्लरलाई एक पुरूषले नाङ्गो तस्बिर पठाएपछि सो परियोजना सुरु भएको बताइएको छ।

उनी अहिले एकजना साथीलाई आर्टिफिसिअल इन्टलिजेन्स प्रयोग गरेर लिङ्गका तस्बिर पत्ता लगाउने र मेट्ने प्रविधि विकास गर्न सघाइरहेकी छन्।

उनी भन्छिन्: “जब तपाईँ नचाहेको नाङ्गो तस्बिर पाउनुहुन्छ तब तपाईँलाई बेइज्जत गरिएको महसुस हुन्छ।”

“यो कसैलाई बाटोमा गुप्ताङ्ग देखाएको जत्तिकै हो। तपाईँलाई जबरजस्ती देखाइएको कुरा कहिल्यै स्वीकार्य हुन सक्दैन।”

यो प्रविधि प्रयोग गर्न ब्रेस्लरको टोलीले एउटा इमेल बनाएर पुरुषहरूलाई विज्ञानलाई सहयोग गर्न नाङ्गो तस्बिर पठाउन आह्वान गरेका थिए।

सो इमेल धेरै तस्बिरहरू प्राप्त भएको कारण बन्द गर्नु परेको बताइएको छ।

सुरुवाती परीक्षणमा लिङ्गमाथि अरू केही सामान राखेका तस्बिरहरू पत्ता लागेको छैन।

तर ब्रेस्लर भन्छिन्- यो सफ्टवेअर ठूलो सफलता हो र यसले धेरै नाङ्गो तस्बिरहरू पत्ता लगाएको छ।

“यो समस्या दैनिकजसो समाचारमा आएको छ तर ट्वीटरले यसलाई समाधान गर्न चासो देखाएको छैन।”

ब्रेस्लर भन्छिन्: “यदि हामीले यो प्रविधि केही दिनमा निर्माण गर्न सक्छौँ भने मलाई थाहा छैन प्रविधि कम्पनीहरू यत्रो समय के गरेर बसेका छन्।”

ब्रेस्लरले आफ्नो टोलीले यो सफ्टवेअरको काम सकेपछि ट्विटरलाई समेत दिनसक्ने बताएकी छन्

  • २३ भाद्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !