काठमाडौं। त्रिभुवन विश्व विद्यालय तथा संस्कृत विश्व विद्यालय अन्तरगतका क्याम्पसमा यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्योलमय बन्दै गइरहेको छ । त्रिविवि प्रशासनले निर्वाचनको मिति तोके पनि प्राविधिक तयारी गर्न सकेको छन् । क्याम्पसमा तालावन्दी, उमेर हदबन्दी र विद्यार्थी संगठनबीचको द्वन्दवको कारण तयारी हुन नसकेको त्रिविवि प्रशासनले जनाएको छ ।
निर्वाचन सम्बन्धी छलफलका लागि त्रिविविका उपकुलपति डा. तिर्थ खनियाले डाकेको उपत्यकाका क्याम्पस प्रमुखहरुको बैठकमा सबै क्याम्पस प्मुखहरुले आफूहरु असुरक्षित भएको बताएका छन् । उनीहरुले यस्तो अवस्थामा निर्वाचन गर्न नसकिने जानकारी दिएको एक श्रोतले बताएको छ । उनीहहरुले आफूलाई विभिन्न विद्यार्थी संगठनहरुले धम्की दिइरहेको जनाकारी समेत दिएको श्रोतले जनायो ।
देशभरका अधिकांश क्याम्पसमा निर्वाचन समिति गठन भएका छैनन् । निर्वाचन आयोगको कार्यालय पनि सथपना भएको छैन् । संगठन दर्ताको लागि पनि अन्यौलता देखिएको छ । साथै नेपाली विद्यार्थी संघको असन्तुष्ठ पक्षर माओवादी विप्लव नेतृत्वको विद्यार्थी सग्ठनले क्याम्पसमा ताला लगाएको छ । यसले निर्वाचन प्रकृयालाई अझ थप अन्यौलता बढाएको छ ।
निर्वाचनको लागि होमिनु पर्ने विद्यार्थी संगठनहरु नै तायरीमा देखिदैनन् । नेपाल विद्यार्थी संघले निर्वाचनका लाथि जिल्ला प्रतिनिधि तोकेको छैन् । विवादित क्याम्पसहरुमा इकाई गठन गरेका छैन् । अहिले सम्म घोषणा पत्र समेत तयार गर्न सकेको छैन् ।
एमाले नजिक अखिलले पनि जिल्लातथा क्याम्पस संयोजक तोक्न सकेको छैन् । अध्यक्ष नविना लामा र महासचिव ऐन महरबीचको द्वन्द्वले धेरै क्याम्पसमा समस्या देखिएको छ । उसको घोषणा पत्र सार्वजनिक भएको छैन् ।
माओवादी केन्द्र तथा मधेश केन्द्रति दल निकट विद्यार्थी संगठनहरु पनि हालत उस्तै छ । उनीहरुको तयारी फिलतो रहेकोछ ।
त्रिविविले जारी गरेको निर्वाचन तालिका अनुसार फागुन १ गते मतादाता नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जबकी क्याम्पसमा निर्वाचन समिति नै गठन गरेको छैन् । धेरै क्याम्पसमा विद्यार्थी भर्ना हुन पनि बाँकी छ । जहाँ विवाद बन्दै आएको छ । मतदाता नामावली प्रकाशन गर्न कठीनाई रहेको देखिन्छ ।