अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने योजनालाई अनुमति दिएको छ ।
आदेश अनुसार तेस्रो देश हुँदै आएका आप्रवासीले सबैभन्दा पहिला जुन देश हुँदै आएका हुन् त्यही देशमा आश्रय दाबी गर्नुपर्ने छ ।
अझैपनि यसविरुद्धमा कानुनी चुनौती कायम रहे पनि प्रारम्भिक आदेशले भने अब सरकारले यो प्रक्रिया अगाडि बढाउन सक्नेछ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिकी सर्वोच्च अदालतको फैसलाको प्रशंसा गरेका छन् ।
अमेरिकामा आउन चाहने आप्रवासीलाई रोक्न अमेरिकी राष्ट्रपतिले यस अघिदेखि नै कडा कदम चाल्दै आएका थिए । पछिल्लो आप्रवासी नीतिलाई सर्वोच्चले रोकेको भए उनलाई काम गर्न अप्ठेरो हुने अवस्था रहेपनि अब सजिलो बनाइदिएको छ ।