बाजुरा । बाजुराको बडिमालिकामा ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । उक्त सेवा स्थानीयले उत्पादन गरेको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्न संचालनमा ल्याएको जनाइएको छ । उक्त सेवाबाट दुई सय चार घरधुरीका परिवार लाभान्वित भएका छन् ।
यसमा ७ लाख ९१ हजारको जनश्रमदान र मानव संसाधन केन्द्र विकास परियोजनाको १८ लाख ६५ हजारबाट रोपवे बनाइएको उपभोक्ता समितिका अध्यक्ष नीरबहादुर शाहीले जानकारी दिए। रोपवेको उचाइ नौ सय आठ मिटर छ । जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वयमा रोपवे निर्माण गरिएको हो ।