साउदीमा यात्रुबाहक बस लोडरसँग ठोक्किदा ३५ जनाको मृत्यु

आजभोलि

साउदी अरबमा एउटा यात्रुबाहक बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जनाको मृत्यु भएको छ ।
मदिना प्रान्तमाको अल–अखल क्षेत्रमा गएराति बस लोडरसँग ठोक्किदा बसमा रहेका ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठोक्किएपछि बसमा आगो लागेको थियो । मृत्यु हुनेहरुमा धेरैजसो एसियाली र अरब मूलका नागरिक छन् । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाइतेहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटना मदिना सहरबाट १७० किमी टाढा हिर्जा सडकमा भएको थियो । यद्यपि कुन देशका नागरिकहरु परे भन्ने बारेमा प्रहरीले खुलाएको छैन ।

मृत्युको संख्या बढ्न सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाइएको छ ।

  • ३० आश्विन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !