प्रधानमन्त्रीद्वारा मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद

आजभोलि

प्रधानमन्त्रीद्वारा मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद

लेबनानका प्रधानमन्त्री साद हरिरीले मुलुकमा देखिएको संकट समाधानका लागि गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् ।

सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरिरीले राष्ट्रिय एकताका लागि सरकार गम्भीर रहेको बताए ।

सत्ता सम्हालेको एक वर्ष नपुग्दै हरिरी सरकारमाथि संकट आएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै लेबनानको आर्थिक विकासका लागि आफू प्रयासरत रहेको बताए । देशको आर्थिक समस्या समाधानका लागि सबैले मिलेर अघि बढ्ने बेला आएको उनले सम्बोधनका क्रममा उल्लेख गरेको जनाएको छ ।

बढ्दो खर्चका बीच नयाँ कर लगाउने सरकारी नियर्णयको बिरोधमा भएका प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएपछि लेबनान सरकारलाई संकट आइलागेको जनाइएको छ ।

  • २ कार्तिक २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !