काठमाडौं । फागुन १४ गते तोकिएको स्वतन्त्र विद्यार्थीको युनियनको निर्वाचनको मिति नजिकिदै जादा अन्यौलता बढेको छ । तीन प्रमुख राजनीतिक दलहरु निर्वाचन गराउन आदेश दिएका छन् । तीन दलहरुको बैठकपछि प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षाको व्यवस्था सरकारले मिलाउने जनाएका छन् । र उनले निर्वाचन गराउन निर्देशन दिएका छन् ।
निर्वाचन गर्न सरकारले निर्देशन दिए पनि अवस्था कठीन बन्दै गइरहेको छ । निर्वाचनको विषयलाई लिएर विप्लव माओवादी विद्यार्थी संगठनले ताला लगाएको छ । निर्वाचनलाई लिएर कैलालीको लम्कीबाट लम्की बहुमुखी क्याम्पसका प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका छन् । यसअघि त्रिविवि रेक्टरको गाडी जलाइ सकेको छ ।
अधिकांश क्याम्पसमा तालाबन्दी रहेको छ । आफूहरुलाई भौतिक कारवाही गर्ने धम्की आएको क्याम्पस प्रमुखहरुले उपकुलपतिसँगको बैठकमा बताएका थिए । सरकारले सुरक्षा दिने भने पनि अवस्था सहज नभएको एक जना क्याम्पस प्रमुखले बताए ।
विप्लव माओवादी विद्यार्थी संगठनले यथास्थितिमा निर्वाचन गरे आफूहरुले सशक्त आन्दोलन गर्ने बताएका छन् । यसै गरी नेपाल विद्यार्थी संघ भित्र पनि ठूलो समूह असन्तुष्ट रहँदै आएको छ ।
तर त्रिविवि प्रशासन भने जसरी निर्वाचन गर्ने तयारीमा रहेको जनाएको छ । यसले गर्दा दोहोरो झडप हुने सम्भावना आशंका गरिएको छ ।