सैन्य विमान दुर्घटना हुदाँ चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु

आजभोलि

सैन्य विमान दुर्घटना हुदाँ चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु

सुडानको वेस्ट डार्फर राज्यमा सैन्य विमान दुर्घटना हुँदा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । उक्त विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग र्पुयाइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्। विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ।

  • १८ पुष २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !