काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा प्रकाश अर्याललाई प्रहरी नियुक्त गरेको छ । उनी नेपाल प्रहरीका डीआईजी हुन् । यस अघि नेपाल सरकारले जय बहादुर चन्दलाई नियुक्ति गरेको थियो । सर्वोच्चको आदेशपछि सरकारले आइजीपीमा नयाँ नियुक्ति गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्ष नियुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा डीआईजी नवराज सिलवाल अगाडि रहेको तथ्य दिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले चारजना डीआईजीको कार्यसम्पादन मूल्यांकनको अंक अध्ययन गर्न भन्दै गृहसचिवको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो । उक्त समितिको सिफारिसमा अर्याललाई आइजीपीमा नियुक्ति गरेको छ ।