काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस मधेशमा जन्मको पार्टी हो । र, यो मधेशीको पार्टी भएको बताए । देउवाले पहाडे राष्ट्रवाद र उग्रराष्ट्रवादको नाममा मधेशी समुदायलाई हेप्ने कार्य भइरहेको बताए । एमालेतिर लक्षित गर्दै उनले भने एमाले मधेशी पहाडी जुधाउने षडयन्त्रमा लागेको आरोप लगाए । तर षडयन्त्र सफल नहुने दाबी गरेका छन् ।
लोकतन्त्र बच्नको लागि नोपली कांग्रेसको विजय अनिवार्य रहेको भन्दै देउवाले सबै मिलेर कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिएका छन् । उनले मधेशीलाई पनि साथमा लिएर निर्वाचनमा जानु पर्ने पनि बताउनु भयो । अहिले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पास गर्ने दाबी गर्नु भयो ।
प्रदेश नम्बर ५ को आमसभालाई सम्बोधन गर्दै देउवाले कांग्रेसले मात्र देशको मुहार फेर्न सक्ने भएकाले कांग्रेसले जित्नु अपरिहार्य रहेको बताए ।
सभामा सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, सशांक शसांक कोइराला, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमेलन्द्र निधि, दिपक गिरी, बालकृष्ण खाण लगायत केन्द्रीय नेताहरु सहभागी थिए ।