कैलाली। नयाँ वर्ष २०७४ को अवसरमा कैलालीमा अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना गरेको धनगढी हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित २१ दशमलब एक किलोमिटरको दुरी रिमालले एक घन्टा सात मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथमभए ।
सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले उक्त दुरी एक घन्टा सात मिनेट ४२ सेकेन्डमा पूरा गरी दोस्रो तथा सेनाकै कृष्ण बस्नेतले एक घन्टा सात मिनेट ५१ सेकेण्डमा दूरी पुरा गरी भए ।
धनगढी जेसिजको पहलमा भएको उक्त प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु ५१ हजार, २५ हजार र १५ हजार रहेको छ ।