काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि मतदान १० हजार ६४० स्थल र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ ।
जसअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ ।
आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ ।