काठमाडौं । संविधान संशोधनको लागि बलोइएको व्यवस्थापिका संसद्को बैठक वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ । आज संविधान संशोधनको प्रक्रिया शुरु गर्ने कार्यसूची रहेको थियो । तर संसदको बैठक विषयवस्तुमा प्रवेश नगरी स्थगित गरिएको छ ।
बैशाख ३१ गते हुने पहिलो निर्वाचन अन्यौलमा परेको छ । १९ गते उम्मेद्वार मनोनयन दर्ता गर्ने मिति बैशाख १९ गते भएपनि अहिलेसम्म पार्टीहरुले उम्मेद्वार छनौट गरेको छैन् । र, निर्वाचन आयोगले पनि प्रभावकारी तयारी गरेको देखिदैन् ।
इतबारको बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि दर्ता भएका प्रस्तावसमेत पेश गर्ने तयारी गरिएको भए पनि संविधान संशोधनको पक्षमा सत्तारुढ दलको दुई तिहाई बहुमत नपुग्ने देखिएपछि बैठक नै स्थगित गरिएको हो ।
बैठकमा संविधान संशोधन विधेयक र त्यसमाथि परेका संशोधन प्रस्तावमाथि छलफल सकेर निर्णयार्थ पेश गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । संविधान संशोधन विधेयकमाथि विभिन्न दल र सांसदले व्यक्तिगत रुपमा ५० वटा संशोधन प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संशोधन प्रस्तावको पक्षमा कुनै पनि हालतमा दुई तिहाई बहुमत पुर्यातउन नदिने रणनीतिमा देखिएको छ । संशोधन पारित गर्न अहिले संसदमा रहेका ५ सय ९३ सांसदको दुई तिहाई अर्थात् ३ सय ९६ मत आवश्यक पर्छ ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि बहुमत पुर्या उन सत्तापक्षीय दलहरु सकृय भएका छन् । उनीहरु औपचारिक तथा अनौपचारिक छलफलमा व्यस्त छन् ।