काठमाडौं । व्यवास्थापिका संसद्मा प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायधीश भएका छन्। कार्की बिरुद्ध अविश्वास पेशसँगै उनी निलम्वित भएका हुन् ।
वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त भएका हुन् ।
कार्यवाहक प्रधानन्यायधि भएलगत्तै पराजुलीले पदभार सम्हालेका छन्।