काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ । उनीहरुले काठमाडौं र ललितपुरमा एमालेले मेयर र दुबै स्थानमा राप्रपाले उपमेयर लिने सहमती भएको छ । र, सोही अनुसार उम्मेद्वारी पनि दर्ता भएको छ ।
एमालेले काठमाडौंमा विद्यासुन्दर शाक्य र ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । राप्रपाले काठमाडौंमा राजाराम श्रेष्ठ र बाबुकाजी थापालाई लाई उपमेयरको उम्मेदवार बनाएको छ ।
यसरी दुबै पार्टीबीच रणनीतिक रुपमा सहमती भएको हो । तर बडामा भने फरक फरक स्पमा उम्मेद्वारी दर्ता गरेका छन् ।