काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छादार फेरी सरकारमा सामेल भएका छन् । स्थानीय निर्वाचनको पहिलो चरणको मतदान हुन ६ दिन बाँकी रहँदा गच्छदार सरकारमा गएका हुन् । उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री सहित ३ मन्त्रालय फोरमले पाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनलाई शपथ गराइएको हो ।
आजै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पनि सोमबारै पद तथा गोपनीयताको शपथ लिए ।