प्रधानमन्त्री प्रचण्डले ‘फास्ट ट्रयाक के हुन्छ ? भनी सोध्नेहरस्को नियत ठिक नभएको उल्लेख गरेका छन् । अाज पदबाट राजीनामा दिने क्रममा देशवासीलाई सम्बोधन गर्न गर्दै उनले भने, ‘फास्ट ट्रयाक के हुन्छ ? ओबीओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ? ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरुको नियत सही थिएन ।’
आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदो रहेछ भन्दै उनले एमाले नेताहरूलाई फास्ट ट्रयाकका विषयमा जवाफ दिएका छन् ।
फास्ट ट्रयाकलाई लिएर सरकारमाथि नियोजित दुष्प्रचारको अभियान चलाएको समेत उनले अाफ्नो सम्बोधनमा बताए। प्रधानमन्त्री प्रचण्डले भने , ‘आज म यो सम्बोधनबाट जवाफ दिदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदै छ ।’