कैलाली । नेपाली कांग्रेसको तर्फबाट आरजु राणा देउवाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएकी छिन्। उनलाई पूर्वसांसद प्यारेलाल राना प्रस्ताव र पार्टी सभापति नरनारायण शाह मनुको समर्थन गरेका छन् । उक्त क्षेत्रको क बाट जीवन राना र ख बाट डिल्लीराज पन्तको उमेदवारीले उम्मेद्वारी दर्ता गराएका छन् ।
वाम गठबन्धनका नारदमुनी रानाको उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट क्षेत्र नम्बर क बाट एमालेका नेपालु चौधरी र ख बाट माओवादी केन्द्रका रमेश धामीले उम्मेदवारी दिएका छन। यस्तै विवेकशील साझा पार्टीले पनि कैलाली ५ मा कैलाली क्षेत्र नम्बर क बाट नारायण चौधरी र ख बाट प्रकाश चन्द्र भट्टलाई उमेदवार बनाएको छ।
कांग्रेसको बलियो पकड रहेको उक्त क्षेत्रमा बामगठबन्धनबाट कमजोर उम्मेद्वार रहेकाले राणालाई सजिलो भएको छ ।