महोत्तरी । मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महोत्तरी जिल्लाको क्षेत्र नं १ मा श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा छन् । दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् ।
लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नगर प्रमुखमा समेत उहाँ पराजित हुनु भएको थियो ।
यसरी दुवै जान राजनीतिक रुपमा बलियो उम्मेद्वार मानिएको छ । एक घरका श्रीमान् श्रीमति चुनावमा लडेपछि स्थाीयले चासोको रुपमा हेरेका छन् ।