मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा आइतबार भैरहवामा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष ओलीले देशमा भइरहेका सवारी दुर्घटना प्रचण्ड सरकारकै कारण भएको बताएका छन् ।
ओलीले भने, ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै अलच्छिनी सरकार !’
कार्यक्रमा उनले सप्तरीमा मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्त गराएका आरोप समेत लगाए । उनले भने, ‘तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’