काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका प्रमुख बाबुराम भट्टराईले शहीद गेटबाट राजा त्रिभुवनको शालि हटाउनु पर्ने उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटर वालमा शहीद गेटबाट राजा त्रिभुवनको शालिक हटाएर शहीदलाई मात्र राख्ने व्यवस्था गरे कसो होला भनेर ट्वीट गरेका छन् ।
शहीद सप्ताह मनाइ रहदा उनले त्यस्तो प्रतिकृया जनाएका हुन । अहिले देशभर शहीद सप्ताह मनाइरहेका छन् । उनको ट्वकिो ठूलो विरोध भइरहेको छ ।
उनको ट्वीटमा पत्रकार भूषणदाहाले रिट्वीट गर्दै भनेका छन् कस्तो होला, यहाँलाई अन्तै सम्मानित स्थानमा सारेरलायक युवालाई मात्रै नयाँ शक्तिमा राख्ने गरे जस्तै होला भनेर जवाफ दिएका छन् ।
अधिकांश रिट्वीटमा बाबुरामको उक्त भनाईको कडा आलोचना गरेका छन् । उक्त ट्वीटको सामाजिक संजालमा कडा आलोचना भइरहेको छ ।