काठमाडौं। सोमवार भएको व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । उनी २३ मत ल्याएर निर्वाचित भएका हुन् । हुनुभएको छ ।
उपाध्यायका निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०का सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गरेको थिए । नौ जना सांसद भने अनुपस्थित रहे ।
कूल ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ जना मतदाता रहेका थिए ।
तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री हुनुभएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो ।