काठमाडौं । नेपाल सरकारले सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुखको टुंगो लगाएको छ । मन्त्रीपरिषद्को बैठकले विवादकाबीच मुकाम तथा प्रदेश तोकेको हो । यस्तो छ अस्थायी मुकामको विवरण ।
प्रदेश नं १ को विराटनगर
प्रदेश नं २ को जनकपुर,
प्रदेश नं ३ को मकवानपुर
प्रदेश नं ४ को पोखरा
प्रदेश नं ५ को बुटवल
प्रदेश नं ६ को सुर्खेत
र प्रदेश नं ७ को धनगढी
प्रदेश प्रमुखको नामावली
प्रदेश १ मा गोविन्द सुब्बा
प्रदेश २ मा रत्नेश्वर लाल कायस्थ
प्रदेश ३ मा अनुराधा कोइराला
प्रदेश ४ मा बाबुराम कुँवर
प्रदेश ५ मा उमाकान्त झा
प्रदेश ६ मा दुर्गाकेशर खनाल
प्रदेश ७ मा मोहनराज मल्ल
संविधान अनुसरार प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनीयताको शपथ दिलाउनुपर्नेछ । सरकारले अस्थायी प्रयोजनका लागि तत्काल राजधानीतोकिएको हो । प्रदेशसभाले प्रदेश राजधानी परिवर्तन गर्नसक्नेछ । नेकपा एमालेको असहमति विान प्रदेश प्रमुख र अस्थायी मुकाम तोकिएको हो । प्रदेश प्रमुख भने राजपा र संघीय फोरमको सहमतिमा तोकिएको हो ।
राजधानी तोकिएसँगै आन्दोलनहरु पनि चर्किदै गइरहेका छन् । दाङ, दिपायल, जुम्ला, वीरगञ्ज लगायतका स्थानमा आन्दोलन चलेका छन् ।