काठमाडौं । सरकारले वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको हो ।
‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, वाणिज्य मन्त्री मीन विश्वकर्माले भने ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप दिने निर्णयसमेत गरेको छ। साथै बैंठकले दलित, महिला तथा विपन्न (परिचयपत्र वाला) वर्गको व्यक्तिले निजी व्यवसाय दर्ता गर्दा १ करोड पूँजी भए निशुल्क र १ करोड बढी पूँजीमा ५० प्रतिशत मात्र शुल्क लिने निर्णयसमेत गरेको छ ।