काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी अोली नेपालका ४१ अौँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई विहीबार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
अोलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार राष्ट्रपतिसमक्ष बहुमतको दाबीसहित समर्थनको पत्र बुझाए अनुसार राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
अोलीले ३० दिनभित्र सदनमा विश्वासका मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रवाधान रहेको छ ।
त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिमारीसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन समेत गरेकी छिन् ।