सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त गरिएको छ । उनलाई राज्यमन्त्री सरहको सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो
अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुन भने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा विद्याावारिधी गर्ने पहिलो व्यक्ति हुन् । अर्याल यसअघि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि रहेका थिए ।
उनीको लामो समय मानवअधिकार क्षेत्रमा संलग्न रहेको थियो । मानवअधिकारवादी संस्था इन्सेकमा महासचिव भएर मानवअधिकारको क्षेत्रमा योगदान पुर्याएका थिए । उनले मानवअिधकारको क्षेत्रमा पत्रकारिताको शुरुआत गरेका थिए ।
सोमवार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त समेत गरेको छ ।