काठमाडौं । सामाजिक संजालमा आलोचना भएपछि नेपाली कांग्रेसले आफ्ना नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक लाई पठाउने निर्णय गरेको छ । दुबै जना नेत मंगलबार भारत जाने भएका छन्। खड्का लामो समयदेखि भारतमा उपचारत छन् ।
खड्का लामो समयदेखि मृगौला र नशाको समस्याबाट पीडित छन्। गत फागुनदेखि खड्का भारतस्थित अस्पतालमा उपचार गराइरहेका छन्। बैठकले खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
खड्काको भेन्तिलेटरमा राखेर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न आइतवार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अस्पताल पुगेका थिए ।