प्रधानमन्त्री ओलीले ३ दिने भारत भ्रमण सक्नुभयो। प्रधानमन्त्रीको भारत भ्रमणलाई एकाथरीले ईतिहासकै सबैभन्दा सफल र महत्त्वपूर्ण भ्रमण भनेर चर्चा गरिरहेका छन् भने अर्कोथरीले यस भ्रमणलाई असफल भनेर व्याख्या गरिरहेको अवस्था छ। नेपालको प्रधानमन्त्रीको भारत भ्रमण सधैं महत्त्वपूर्ण भ्रमण रहन्छ यध्यपी यस्ता भ्रमण कतिको सफल वा प्रभावकारी थिए र छन् भन्ने प्रश्नको जवाफ त्यती सजिलो छैन।
भारत भ्रमणको दौरान भारत सरकारले/सरकारसंग गरिने सन्धि–सम्झौता, विकास सहोयग आदिको प्रतिबद्धताको मात्रको आधारमा कुनै पनि नेपाली प्रमको भ्रमणलाई सफल वा असफल भन्ने राजनीतिक प्रचलन रही आएको छ। त्यस्ता सहयोग साहयताको विषय प्र.म. को एकल प्रयासबाट हुँदैन भन्ने कुरा पहिले बुझ्न जरुरी छ। प्रमको भारत भ्रमणले मूख्य रुपमा नेपालको भारत सम्बन्धि राष्ट्रिय नीतिलाई प्रष्ट्याउनु पर्ने हो।
राजनीतिक दलसंगै त्यस्ता राजनीतिक दलले ग्रहण गरेका राजनीतिक आस्थाले अन्तराष्ट्रिय सम्बन्ध के–कस्तो हुने भन्ने विषय निर्धारण हुने हुँदा फरक राजनीतिक दलको फरक अन्तराष्ट्रिय सम्बन्धको तौर तरिका हुनुलाई गलत मानिनु हुँदैन। तर हरेक राष्ट्रको निश्चित राष्ट्रिय स्वार्थ हुन्छ, र यी राष्ट्रिय स्वार्थहरु दल पिच्छे फरक हुँदैन; त्यस्ता राजनीतिक स्वार्थले राज्यको अन्तराष्ट्रिय सम्बन्ध र व्यवहारका विषयमा केही विशेष चरित्र र विशेषता निर्धारण गरेको हुन्छ। बोली चालीको भाषामा भन्नु पर्दा यसले हाम्रो अन्तराष्ट्रिय सम्बन्धको प्रमुख एजेन्डा र विषयको पहिचान गर्नु पर्ने हो जसमा हरेक नेपाली नागरिक तथा राजनीतिक दलको सहमती हुन्छ।
त्यस माथि पनि भारतसंगको नेपालको सम्बन्धलाई नेपालको समग्र अन्तराष्ट्रय सम्बन्धको दृष्टिकोणले हेर्न गलत हुन्छ। नेपालको भारतसंगको सम्बन्ध विशेष छ; विशेष हुनु पछाडी धेरै variables हरु छन्। १९९० पछिको नेपाल–भारत सम्बन्धलाई हेर्ने हो भने पनि के प्रष्ट हुन्छ भने, भारतको नेपाल नीति प्रष्ट छ तर नेपालको भारत नीति के हुनु पर्ने हो भन्ने त परै जाओस् के हो भन्ने पनि स्पष्ट छैन् । यसै कारण नेपाल–भारत सम्बन्ध rollo-coaster जस्तो रहेको छ। भारतसंगको सम्बन्ध कस्तो हुने, यसमा हाम्रो राष्ट्रिय स्वर्थ के–कती कसरी जोडिएको छ भन्ने कुरामा सम्पूर्ण राजनीतिक दलहरुको साझा knowledge (धारणा हैन!) हुनु जरुरी छ।
भारतसंगै चिनसंगको नेपालको सम्बन्ध र व्यवहार पनि सामन्य अवस्थाको विदेश नीतिभन्दा फरक हुन जरुरी तथा आवश्यक छ। यी दुई राष्ट्रका सम्बन्धमा हाम्रो व्यवहार र सम्बन्ध विशेष प्रकृतीको छ; यस्तो विशेष प्रकृती रहनुमा हाम्रो ऐतहासिक, सामाजिक, सांस्कृतिक तथा भू–राजनीतिक अवस्था प्रमुख कारक रहेका छन्। चिनसंगको नेपालको सम्बन्ध बढी सामरिक चरित्रको छ र त्यसलाई सोही ढङ्गले सामना गर्न जरुरी हुन्छ। तर भारतसंगको हाम्रो सम्बन्ध चिनसंगको भन्दा बढी पेचिलो छ; यसमा सामरिक लगयातका अनगिन्ति ‘रोटी दखि बेटी’ सम्मको विषय समेटिन्छ।
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रामणले नेपालमा १९९० पश्चात व्याप्त रहेको अस्तव्यस्त (Confused) नेपाल–भारत सम्बन्ध सम्बन्धी नेपाली चरित्रमा एउटा अर्को पृष्ठ थप्ने बाहेकको केही स्मरणिय काम भएन भन्दा अत्तियुक्ती हुँदैन। १९९० पश्चात हरेक नेपाली प्रधानमन्त्रीको जस्तो किसिमको भारत भ्रमण थियो, त्यही अनुरुपको भारत भ्रमण प्रधानमन्त्री ओलीको पनि रह्यो। यसमा कुनै प्रकारको क्रमभङ्गता हुने चाहना शत्तासिन दल तथा प्रधानमन्त्री दुवैमा देखिएन।
यो भ्रमण ले दुई देश बीच को अविस्वास हटाएको भन्ने दावी मा यदि प्रधानमन्त्री प्रधानमन्त्री बीच भन्न् खोजिएको हो भने दुई प्रधानमन्त्री विच त प्रचण्ड प्रधानमन्त्री हुँदाको बखत नै कुनै समस्या थिएन, त्यसैले ने.क.पा. (एमाले)को अध्यक्ष र भारतको प्रधानमन्त्री बिचमा भनेको हो भने भन्न मिल्ला। यो भ्रमणले भारत सरकार संग को नेपाली जनताको अविश्वास हटायो कि भन्ने हो भने , प्रधानमन्त्री को एउटा भ्रमण र पहिला जस्तै आस्वासन को पुलिन्दाको आधारमा, भरत प्रति मनमा गहिरो अविश्वास राखेर बसेको जनता को ठुलो पंक्तिले बिश्वास गर्न शुरु गरिसके भन्ने जिम्मा कस्ले लिने?
प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रामणले नेपालमा १९९० पश्चात व्याप्त रहेको अस्तव्यस्त (Confused) नेपाल–भारत सम्बन्ध सम्बन्धी नेपाली चरित्रमा एउटा अर्को पृष्ठ थप्ने बाहेकको केही स्मरणिय काम भएन भन्दा अत्तियुक्ती हुँदैन। १९९० पश्चात हरेक नेपाली प्रधानमन्त्रीको जस्तो किसिमको भारत भ्रमण थियो, त्यही अनुरुपको भारत भ्रमण प्रधानमन्त्री ओलीको पनि रह्यो। यसमा कुनै प्रकारको क्रमभङ्गता हुने चाहना शत्तासिन दल तथा प्रधानमन्त्री दुवैमा देखिएन।
त्यसैले अब प्रधानमन्त्री तथा सरकारले नेपालको भारत र चिनसंगको सम्बन्ध को विषयमा साझा knowledge र त्यस्मा टेकेर ठोस राष्ट्रिय दृष्टिकोण बनाउन पहल सुरु गर्न आवश्यक छ। त्यस्तो राष्ट्रिय दृष्टिकोण निर्माण पश्चात मात्र कुनै पनि नेपाली प्रधानमन्त्रीले गर्ने भारत भ्रमण सफल वा असफल भनेर व्याख्या विश्लेषण गर्न सकिने थियो।
अत: अब सफल–असफल भन्ने गलफत्ती नगरौं। नेपालको भारतसंगको सम्बन्ध के–कस्तो हुने भन्ने विषयमा साझा ‘knowledgeर एउटा राष्ट्रिय दृष्टिकोण तयार पारौं। साथै यस सम्बन्धी institutions हरुलाई समय–सान्दर्भिक बनाऔं। यसरी institutionalized रुपमा साझा दृष्टिकोण‘knowledge’ निर्माण भएपछि मात्र यो विशिष्ट सम्बन्धमा जो–कोही भए पनि एकैनासले व्याख्या गर्न सम्भव हुन्छ। किनकि त्यस बेल जो प्रधानमन्त्री भएपनि उनले गर्ने कुनै एक भ्रमण वा केही समझदारी बाट देश असफल हुने त कुरा नै भएन, भ्रमणको दौरान उनले देखाउने कौशलता बाट भने हाम्रो प्रधानमन्त्री कती सफल वा असफल भनेर हामी सही मानेमा मुल्याङ्कन गर्न सक्ने अवस्थामा हुने थियौं।