बाध्यतावश अवसर र रोजगारीको लागि विदेशिएको एउटा नेपाली म विदेशको सवै सेवा सुविधा र पहिचान त्यागेर फर्केर नेपाल आए नेपाली भएर बाँच्नु देउ भन्दा उसको बिरुद्द आजदेखि खुलेयाम राजनीतिक पत्रकारहरु न्वारन देखिको बल लगाएर लागेका छन्। मानौ ६०र ७० लाख मध्येको एउटा नेपाली विदेशवाट फर्किदा लुटको स्वर्ग नै भत्काई दियो। ६४ ठाँउमा सिमाना छिमेकीले मिच्दा हजारौं हेक्टर जमिन आफ्नो सिमानामा पर्दा आमा बलात्कार भईन की भईनन्। आमाको बलात्कार रमिता हेर्ने तिमिहरुको राष्ट्रवाद र देशभक्तिमा सुकेनाश लागेको थियो की थिएन।
महाकाली, कोशी, गन्डकी, लगायत नदिहरु आमाका दशधारा बेचेर सहीछाप गर्दा तिमिहरु बलात्कारको साक्षी बस्ने र हस्ताक्षर गर्ने तिम्रो राष्ट्रवाद कुन घाममा सुकेको थियो। नेपाली जनता सुतेर बिहान उठदा विदेशी भईरहेका छन् यती वेला कथित राष्ट्रवाद कता विलाउछ। आज जग्गाको लालपुर्जा लिएर सुत्दा भोली विहान विदेशी लालपुर्जा बनिरहेको छ। यो कुन राष्ट्रवाद हो।
सिमानामा नेपाली नागरिक कुटपिट, हिंशा र बलात्कार तथा मृत्यु हुन बाध्य भईरहेका छन् कथित ढोगी पत्रकारहरुले किन उठाउदैनन्। यतिवेला राज्य बलात्कार भईरहेको हुन्छ की हुदैन। यो आमाको चित्कार हो की हैन्। यो देशप्रेम हो की होईन। काठमाडौंमा वसेर राज्यलाई विदेशीको क्रिडास्थल बनाएर राज्य ब्रम्हलुट मचाउने जो कोही सुकिला मुकिला दलाल, तस्कर, कालो धनका खेलाडीहरु, बैंक टाट पल्टाउने, राज्यको वितरण प्रणालीलाई मुठ्ठीभरको कब्जामा राखेर राष्ट्रवादको कुरा गर्ने हैसियत पाखण्डहरुलाई कदापी छैन्।
कसैले पनि राज्यको केन्द्रमा तथा सत्ताभोग गर्नु र मनपरी गर्नु पाउनु कदापी नेपालीका भलो हुन सक्दैन् भने देशप्रेम पनि हुन सक्दैन। अयोग्यहरुले वाहिरी पत्रकारको आवरणमा भित्री राज्यका सुचना चुहावट गर्ने, हप्ता उठाउने, विदेशीको एजेन्टको काम गर्ने, विभिन्न नियोगहरुवाट मासिक थप्ने, राजनीतिक आवरणमा पत्रकारीताको धर्म विपरीत शक्तिको आडमा कथित पत्रकारीता गर्ने प्रवृतिले गर्दा अहिले आएर कानून धज्जी उडाउने र पत्रकारीताको दुरुपयोग गरेको छर्लंग देखिन्छ।
विदेशी दुतावाशले कल गरेको भरमा प्रहरी र कर्मचारी सरुवा बढुवा गर्नेहरु राष्ट्रवादको कुरा पढाउछन्। अर्काको माईक्रो मेनेजमेन्टमा हल्लिने र देश चलाईरहनेहरु कथित राष्ट्रवाद र देशभक्तिको गाथा सिकाउनु पर्दैन बरु कानूनको शासन लगाउ नकि शक्तिको शासन ।
कुनै अमुक पात्रको मामला हैन अमुक पात्रको प्रवृति नियमन गर्दा उदांगिएका रुपहरुको महत्व र असर भारी छ। यदि राज्य चलाउनेहरु देश छातिमा राखेर काम गर्ने गरेका भए र राज्यका अवयव संस्थाहरु बलिया भएको भए यो न समस्या हो न यति चर्चाको विषय हो। एकातिर प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिने, मताधिकार दिने, जन्मजात एक दिनको नेपाली सधैको नेपाली, नयाँ पुरानो नेपाली हुदैन भन्ने अर्कोतिर प्रवासी नेपाली ज्ञान, सीप, लगानी, प्रविधी र विकास र समृद्दिको मेरुदण्ड हो भन्ने व्यवहारमा विदेशका सवै सेवा सुविधा त्यागेर आमाकै काखमा फर्केको नेपाली जुन कागजी प्रकृयामा छ जबरजस्त विदेशी बिल्ला भिराएर आत्महत्या गर्नु बाध्य पार्दैछन्। सस्तो लोकप्रियता र सार्वजनिक खपतको लागि राज्यको धज्जी उडाउनु हुदैन।
म व्यक्तिगत रुपमा राज्यको नतमस्तक नागरिक हु। कुनै अमुक व्यक्तिको त हुनै सक्दिन। त्यो पनि राम्रो कामको उत्पादित सन्देशको समर्थक हुनसक्छु। राज्यको कानून प्रत्येक नागरिकले पालना गर्नु कर्तव्य हो भने पालना नगर्ने कानून वमोजिम सजायको भागिदार हुन्छ। तर कुनै वेला राज्यको कानून छायामा वा मुठठीमा राखेर अमुक पात्र ठीक भए भने जब अमुक पात्रको स्वार्थ, व्यवहार, र कार्यशैलि मिलेन कानूनको फेर समातेर तब उसले चुनौती दिन सक्ने क्षमताको विकास गरेको वा गलत सिकाएको बुझ पचाए। यहीनेर कमजोरी भयो। कुनै वेलाको औषधी कुनै वेला विष सावित हुने रहेछ यदि कानूनी शासन नभएर शक्तिको शासन भयो भने।
(माथि उल्लेखित सामाग्री लेखकका निजी विचार हुन् ।)