जपान । जापनमा एक नेपाली कामदारको मृत्यु भएको छ । सुरज थापाी सिन्घुपाल्चोक सुनकोशी गाउपालिकाका बासिन्दा हुन । उनी २५ वर्षका थिए । जापानस्थित गुन्माकेन भन्ने स्थानमा उनको मृत्यु भएको हो । उनी ५ बर्ष पहिले जापानमा कामदारको रुपमा काम गर्दै आइरहेका थिए ।
आएका ७ बर्ष पहिले बिधार्थीमा आएका थापा जापानमा सेन्मोन गाक्को सकेर अहिले वर्किङ भिषामा काम गरिरहेको बुझिएको छ । गुन्मा केनबाट रामकृष्ण भण्डारीले जानकारी दिए अनुसार हिजो बेलुका कामबाट फर्की राम्रैसंग सुतेको आज बिहान काममा किन आएन भनेर भनेर कम्पनिबाट बुझ्न खोज्दा फोन नउठेपछि उनको साथीलाइ सम्पर्क गरि रुममा गएर हेर्दा मृतक अबस्थामा भेटिएको बुझिएको छ ।
भण्डारीका अनुसार सेन्मोन गाक्को सकेर भर्खर उनि वोर्किंग भिषा परिबर्तन गरि काममा लागेका थिए ।