काठमाडौं । ब्राजिल क्वाटर फाइनलमा पुगेको छ । आज भएको खेलमा ब्राजिलले मेक्सिको २-० ले हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बराबरी भएपनि दोस्रो हाफमा ब्राजिलले गोले गरेर अग्रता कायृ गरेको थियो । ब्राजिलका लागि पनेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए ।
खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएको अवस्थामा ब्राजिलले अग्रता लिएको थियो । फर्मिन्होले नेमारको पासमा खेलको ८८ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए ।
मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरेका थिए । तर, ब्राजिलले पनि मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सके न ।