काठमाडौं । डा. गोविन्द केसीको सत्याग्रलाई समर्थन गर्दै शिक्षण अस्पताल महाराजगञ्जमा आयोजना गरिएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरी ३ दर्जन जति आवासीय डाक्टरलाई पक्राउ गरेको छ । उन्हिरुले शान्तिपूर्ण कार्यक्रम गरिरहेको अवस्थामा प्रहरी पक्राउ गर्दै प्रहरी भ्यानमा राखेका थिए । उनीहरुले आन्दोलनमा डा. केसीको पक्षमा नाराबाजी गरेका थिए ।