काठमाडौं । भागबण्डा मिलाउन सरकारले फेरि मन्त्रालय फुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले मन्त्रालय फुटाउने निर्णय गरेको हो ।
स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई मन्त्री बनाउन कै लागि सरकारले मन्त्रालय फुटाइएको हो ।
स्वास्थ्य राज्यमन्त्री रहेकी अर्याललाई फुल मन्त्री बनाउनुपर्ने ओलीमा पार्टीभित्रबाट दवाव परेको थियो । अर्याल बाहिरिदा मन्त्रिमण्डलमा महिला मन्त्रीको संख्या पनि कम हुने भएपछि ओली पनि ययसमा सकारात्मक भएका थिए ।
अर्याललाई मन्त्री बनाउन सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाएको छ । अब संघीय सरकारमा मन्त्रालयको २२ संख्या पुगेको छ ।
हालका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाललाई कृषि तथा पशुपंक्षी र अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी ओली सरकारको छ ।