महेन्द्रनगर । निर्मला पन्तको हत्यालाई लिएर आन्दोलन चर्केपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारीः आन्दोलन झन चर्कदैलगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आन्दोलनलाई नियन्त्रणमा लिन कर्फ्यु लगाएको जनाएको छ ।
बिहीबार दिउँसोबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ । पन्तको वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने माग राखेर भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । गोली चल्दा ४ जना घाइते भएका छन् ।
कन्चनपुरमा आन्दोलनकारी माथी प्रहरीले गोलि प्रहार भएपचि अर्जुन भण्डारी, तेज भट्ट, किरन पाण्डेय र सन्तोस कठरिया घाइते भएका छन् ।
तर महेन्द्रनगर तथा वरपरका क्षेत्रमा प्रर्दशन जारी रहेको छ । सडकभरी टायर बालेर नाराजुलुस सहित प्रर्दशन हुने क्रम जारी छ ।