काठमाडौं । कञ्चनपुरमा भइरहेको प्रदर्शनको क्रममा प्रहरी चलाएको गोलीलागि एक जनाको मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट रहेका छन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी गोली चलाएको थियो ।
शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको छ ।
निर्मला पन्त बलात्कार प्रकरणलाई लिएर कञ्चनपुरमा केहीदिनदेखि स्थानीय आन्दोलनमा छन् ।