काठमाडौं । नागरिक समाजले निर्मला पन्तलाई न्यायका लागि भन्दै काठमाडौंमा बिरोध जुलुश निकालेको छ । माइतीघरमण्डलाबाट बानेश्वरसम्म जुलुश निकालिएको थियो । उनीहरुले प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै रोष प्रकट गरेको थिए । उक्त विरोध कार्यक्रम कलाकार, लेखक, वकिल, नागरिक समाजका अगुवा तथा अरु विशिष्ठ व्यक्तिको उपस्थिति रहेको थियो ।
बिरोध जुलुशमा, नयनराज पाण्डे, युग पाठक, रविन्द्र मिश्र, गगन थापा, रवि लामिछाने लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जुलुशसँगै बबरमहलमा नाटक पनि देखाइएको थियो । घट्नाको बिरोध स्वरुप उल्टा शंख समेत बजाएर बिरोध जनाएको थियो ।