काठमाडौं । नेपालले १८ औं एशियाडमा रजत पदक जितेको छ । नेपालले पुरुष तर्फकोप्याराग्लाइडिङ उक्त पदक जितेको हो । नेपाल जापानसँग २७ अंकले पराजित भएपछि रजत पदक सिमित रहेको हो ।
उक्त खेलमानेपालले कुल ११ हजार ३६४ अंक ल्यायो भने जापानले ११ हजार ३९१ अंक ल्याएको थियो नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा ले क्रस कन्टी्र इभेन्टमा खेलेका थिए ।
प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । यस्तै मेन्स टिम एक्युरेसीमा नेपाल आठौं भएको थियो ।
अरु आशा गरिएका खेलहरुमा भने निराशाजनक नतिजा हात पारेको छ । तेक्वान्दो, कराते, बक्सिङ निकै कमजोर प्रस्तुती रहेको थियो ।
File Photo