काठमाडौं। भारतमा हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । विमष्टेक समिट हुँदा संयुक्त सैन्य अभयास गरिने जनाइएको थियो । भारत, नेपाल सहित ६ ओटा राष्ट्रको संयुक्त सैन्य अभ्यासमा हुने सहमति भएको थियो । तर नेपाली कांग्रेस तथा नेकपा भित्रैबाट बिरोध आएपछि सरकारले उक्त सैन्य अभ्यासमा सहभागी नहुने जनाइएको छ । आइतवारसम्म रक्षा मन्त्रालयले नेपाली सेनालाई स्वीकृति दिएको छैन ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ ।
भारतको पुणेमा सोमवारबाट बिम्स्टेक राष्ट्रका सेनाको संयुक्त अभ्यास हँुदैछ । सैन्य अभ्यासमा पाँच जना अधिकृतसहित करीव ३० जनाको टोली पुणे जाने तयारी थियो । अन्तर्राष्ट्रियस्तरका कुनै पनि अभ्यास तथा प्रशिक्षणमा जान सेनाले रक्षा मन्त्रालयबाट स्वीकृति लिनुपर्छ ।