काठमाडौं । नवनियुक्त प्रधानन्यायधिश ओमप्रकाश मिश्रले शपथ तथा ददभार ग्रहण गरेका छन् । उनले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका थिए । संसदीय सुनुवाई समितिले उनको नाम सर्वसम्मत रुपमा पािरत गरेको थियो ।
सर्वोच्चमा न्यायधिश दिपकराज जोशीले स्वागत गरेका थिए । जोशीलाई संसदीय सुनुवाई समितिको दुइतिहाईले अस्वीकार गरेको थियो ।
उनले सुनुवाईका क्रममा भनेका थिए , अदालतमा भ्रष्टचारी र विचौलीयालाई प्रवेश नै निषेध गर्न गोप्य निगरानी गर्ने संयन्त्र बनाउने योजना छ, यदि त्यस्ता व्यक्ति प्रवेश गरेको पाइएमा आकस्मिक निरीक्षण गर्ने योजना छ”,प्रस्तावित प्रधानन्यायाधीश मिश्रले भन्नुभयो, “मेरो कार्यकालमा अदालतमा भ्रष्टचार र विचौलियाको अन्त्य गर्नेछु, आम नागरिकमा न्यायलयप्रतिको आस्था बढाउने काम गर्नेछु ।
सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्यायलयको काम कारवाही राम्रो बनाउने र न्यायलयप्रति आम नागरिकको जनविश्वास बढाउने दश बँुदे भावी योजना प्रस्तुत गर्नुभएको थियो । योजनामा यो वर्षलाई फैसला कार्यान्वयनको वर्षको रुपमा मनाउने र भ्रष्टारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेलगायत छन् । उहाँले सांसदले सोधेका सबै प्रश्नको जवाफ दिएका थिए ।
फोटोः राससबाट साभार