काठमाडौं । नेपाल सकारले नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । नेपाली समाजमा विकृति आएको भन्दै यस्ता साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रवार एक विज्ञप्ति निकाल्दै सबैलाई सचेत गराएको छ ।
मन्त्रालयले नेपाल दुरसंचार प्राधिकरणलाई निर्देशन समेत दिएको छ । साथै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई पनि आग्रह गरेको छ ।
नेपाल युवाहरुले खुलम खुला पोर्न साइटहरु हेर्ने गरेको छ । विशेषगरी स्कुल क्याम्पसका विद्यार्थीहरुमा यस्तो कुलत भएको बताइन्छ ।
यदी कसैले पोर्न साइटहरु हेरेमा वा प्रयोग गरेमा कारबाही गरिने मन्त्रालयले जानाएको छ ।