विराटनगर । नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले वर्तमान सरकारले राष्ट्रबिरोधीलाई छुट दिएको आरोप लगाएका छन् । खुलमखुला राष्ट्रबिरोधी गतिविधि भइरहेका छन्, तर सरकार नदेखे झै गरिरहेको छ ।
उनले सिके राउत तर्फ इंगित गर्दै राष्ट्रबिरोध गर्ने अधिकार कसैलाई पनि नभएको बताए । सरकारले राष्ट्रबिरोधीलाई नियन्त्रण गर्नु पर्ने पनि बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले राष्ट्र विरोधी गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए ।
पछिल्लो समयमा सिके राउतले स्वतन्त्र मधेशको माग राखी विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छन् । यसले मधेशमा नयाँ द्वन्द्वको खतरा बढ्दे गइरहेको छ ।