कपिलवस्तु । एक अज्ञात समुहले दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरि हत्या गरिएको छ । उनी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका थिए ।
जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा अज्ञात समुहले उनिमाथि गोली प्रहार गरेको थियो । गोली लागेर गम्भिर घाईते भएका उनलाई उपचारका क्रममा भैरहवा पुर्याउदा उनको मृत्यु भएको जिप्रकाका डिएसपी रवि रावलले जानकारी दिए । गोली प्रहार भएको स्थान बटा केहि शंकास्पद व्यक्तिहरूलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको उनले जानकारी दिए ।
अहिलेसम्म हत्याको पत्रा लाग्न सकेको छौ । प्रहरीले हत्यारको खोजी गरिहेको जनाउको छ ।