भारतीय दूतावासबाट मानवअधिकारवादी पक्राउ

आजभोलि

भारतीय दूतावासबाट मानवअधिकारवादी पक्राउ

काठमाण्डौ । एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिक्रम ढुकुछु र महासचिव कर्ण कुवर लगायतका मानवअधिकारवादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान काठमाण्डौस्थित भारतीय राजदुतावास अगाडी प्रर्दशन गर्ने क्रममा एमनेष्टीका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष ढुकुछु लगायतका नेताहरुलाई प्रहरीले महानगरिय प्रहरी बृत लैनचैरको हिरासतमा राखेको छ ।

एम्नेष्टी इन्टरनेशनल इन्डिया लगायतका मानवअधिकार तथा परोपकारी सामाजिक संस्थाहरुमाथि भारत सरकारका अधिकारीहरुले गरेको हस्तक्षेपको संसारभरका एम्नेष्टीकर्मीहरुले विरोध गरिरहेका छन । भारतीय सरकारी अधिकारीहरु र प्रधानमन्त्री नरेन्द्र मादीले मानवअधिकार सम्बन्धित कामहरु दवाउन खोजेको एम्नेष्टीले आरोप लगाएको छ ।

गत कार्तिक ८ मा भारतीय सुरक्षा निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले एम्नेष्टी इन्डियाको बैंक खाता रोक्का गरेको थियो । बैंक खाता रोकिएपछि मानवअधिकार शिक्षा सम्बन्धि कामहरु प्रभावित भएका छन । भारत सरकारले अन्य अधिकारवादी संस्थाका गतिविधिमाथि पनि प्रतिबन्ध लगाउदै आएको छ ।

  • १४ मंसिर २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !