काठमाडौँ । काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९ औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्य केन्द्रिय समिति निर्वाचित गरेको छ ।
महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई लगायतका पदाधिकारी निर्वाचित भएकाछन् ।
केन्द्रिय सदस्यमा बालमुकुन्द सुवाल, राजेन्द्र शर्मा, इश्वरलाल राजभण्डारी, दिपेन्द्र प्रकाश डीसी, लक्ष्मण बहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जय कुमार दाहाल, भिम प्रसाद शर्मा, रामचन्द्र शाह, विमलकाजी श्रेष्ठ, मिलनकुमार घिसिङ्ग लगायतका विजय भएका छन् ।
नागरिक सम्मेलनको आयोजना समेत गरिएको अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।