भूमि समस्या समाधान गर्न सरकार गम्भिर : प्रम ओली

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनुभएको छ ।
मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभएको छ । “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी,लेटाङ,बेलबारी,पथरीका प्रमुख ,उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले भूमि व्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । सँगै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताउनुभएको छ ।

मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधीहरु साँसद घनश्याम खतिवडाको नेतृत्वमा आउनुभएको थियो ।

  • १७ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !