निर्मला हत्याकाण्ड छानबिन दिसाबिहीन

आजभोलि

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया निर्मला पन्तको हत्या भएको लगभग ४ महिना वितेको छ । प्रहरीले खोजी कार्य तिब्र भएको दाबी गरेको छ । तर अनुसन्धान जहाँकोत्यही छ । न कुनै ठोस प्रमाण फेला पार्न सकेको छ । नत भरपर्दो अनुसन्धान नै ।

अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । ती दुई अभियुक्तले प्रहरीलाई दिएको वयानमा पनि विवाद देखिएको छ । सिआइवीका प्रमुख निरज शाहीले ती दुईजनाको सामान्य वयान भएको स्पष्ट पारे ।

निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उनले दिए । अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो ।

महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ । सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहनु भएन । अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उहाँले बताए ।

‘सिआइवीको टोली जिल्लामा नै खटिइसकेकाले केन्द्रबाट सबै कुरा हेर्नुपर्छ भन्ने पनि छैन,’ उहाँले भन्नुभयो, ’डिएनए प्रतिवेदनका बारेमा पनि जिल्लाबाट अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान पनि उतैबाट भइरहेको छ ।’

निर्मला हत्या घटनामा ती दुई अभियुक्तको संलग्नताको विषयमा अहिले नै भन्न सक्ने अवस्थामा नआइसकेको ब्यूरो प्रहरीले जनाएको छ । केही शंस्कापद ब्यक्ति पक्राउ परेका छन्, तर तथ्य प्रमाण प्राप्त हुन नसकेको जनाइएको छ ।

काठमाडौंमा आइतवार नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा माइतीघर मण्डलामा प्रर्दशन भएको थियो । प्रर्दशनमा युवा अधिकारकर्मी हिमाल महत, जगदिश ऐर, विपीन अधिकारी लगायतको सहभागिता रहेको थियो । प्रर्दशनमा निर्मला न्यायका लागि माग गरिएको थियो ।

  • २४ मंसिर २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !